बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

व्यवसायी दुर्गा प्रसाईँलाई २० करोड माग्दै मार्ने धम्की दिएको आरोपमा एकजना पक्राउ

व्यवसायी दुर्गा प्रसाईँलाई २० करोड माग्दै मार्ने धम्की दिएको आरोपमा एकजना पक्राउ

 

काठमाडौं । चर्चित व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एकजनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ पर्ने व्यक्तिबारे केही खुलाएको छैन ।

सीआईबी स्रोतका अनुसार ती व्यक्तिलाई पक्राउ गरिसकिएको छ । दुर्गा प्रसाईँ अहिले उजुरी गर्न सीआईबी कार्यालय पुगिसकेका छन् । सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले व्यवसायी प्रसाईँ उजुरीका लागि कार्यालय आएको पुष्टि गरे ।

प्रसाईंले पछिल्लो समय संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणालगायतका माग राख्दै ‘नागरिक बचाऊ महाअभियान’ थालेका थिए । उनले बैंकको ऋणले व्यवसायीलाई थप मार परेको भन्दै नतिर्न आव्हान गर्दै विभिन्न ठाउँमा विरोधका कार्यक्रम पनि गरेका थिए ।