बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

क्लब ओम्नियाका सञ्चालकमाथि कुटपिट प्रकरणमा ५ जना टोली गुण्डा समातिए

क्लब ओम्नियाका सञ्चालकमाथि कुटपिट प्रकरणमा ५ जना टोली गुण्डा समातिए

काठमाडौं । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका सानु भाइ भनिने युवराज गुरुङ, टोखाका विक्रम अधिकारी, तनहुँका सुवास कायस्थ, सुरज कायस्थ र नुवाकोटका कमल तामाङ रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए । यिनीहरु टोली गुण्डा रहेको बताईएको छ । 

उनले भने, ‘मुख्य आरोपी गुरुङलाई पोखराबाट फेला गरिरहेका थियौं, थानकोटबाट नियन्त्रणमा लियौं । तीन जनालाई पहिल्यै समातिसकेका थियौं ।’ १५ असारमा क्लब बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक गुरुङले प्रहरी कहाँ किटानी जाहेरी दिएका थिए । भर्खरै सञ्चालन गरेको क्लबमा गुरुङले विभिन्न नाममा रकम माग्दै धम्क्याउने गरेको उनको आरोप छ ।