मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

गोदावरी नगरपालिकाले सहकारीको पक्ष लिँदै ऋणीलाई धम्काउन थालेपछि...

गोदावरी नगरपालिकाले सहकारीको पक्ष लिँदै ऋणीलाई धम्काउन थालेपछि...

ललितपुर । 
गोदावरी नगरपालिकाले सहकारीका ऋणीहरुलाई सूचना निकालेर धम्काउन थालेपछि नगरको व्यापक आलोचना भईरहेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविण कोइरालाले यही २७ असारमा सहकारी संस्थाका ऋणी शेयर सदस्यहरुलाई ऋण चुक्ता गर्ने बारेको सूचना जारी गरिएको थियो । उक्त सूचना सहकारीको पक्षमा ऋणीलाई धम्काउन निकालेको भन्दै नगरपालिकाको तीब्र आलोचना र विरोध भएको हो ।

सूचनामा ‘कसैले संस्थालाई तिर्न बुझाउन पर्ने रकम नतिरी बाँकी राखेमा त्यस्ता रकम र सोको ब्याज समेत दर्ता गर्ने अधिकारी (प्रमुख प्रशासकीय अधिकृत)ले त्यस्तो ब्यक्तिको जायजेथाबाट असुल उपर गरिदिन सक्नेछ’ त्यस्तै ‘खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखि पठाउन सक्ने’ भन्दै धम्काउने शब्दमा ऋणीलाई धम्काउने प्रयोजनका लागि सूचना जारी गरिएको नगरबासीहरुले विरोध जनाएका छन् ।

नगरबासी निलम कुमार ठेचोमीले ‘पक्षपाती सूचना भो । सबै बचतकर्ताहरु को लागि सूचना खोइ ? सहकारी हरुले न्यून लागत भन्दा बढि दररेट राखी जबरजस्ती जग्गा हरु भिराउने सहकारी लाई के तपाईं कार्वाही गर्नुहुन्छ ? यो अधिकार तपाईंको मातहतमा छ? नगरपालिकाले सबै जनमानसको समस्या बुझ्नु पर्छ र बहुपक्षीय सूचना प्रकाशित हुनुपर्छ नत्र पक्षपात भयो ।’ भन्दै सामाजिक सञ्जालमा प्रतिकृया जनाएका छन् ।

त्यस्तै रविन नगरकोटीले ब्यंग्य गर्दै ‘शहकारी र नगरपालिकाको सम्बन्ध बुझ्न सकिन महोदय सब।नगरपालिकाले अरुको पैसा नि उठाउने काम गर्छ र ?कर उठाउने काम चै गर्नुपर्यो सरकार।’ भन्दै आफ्नो प्रतिक्रिया जनाए । अनिल श्रेष्ठले ‘ऋणीहरुलाई ऋण तिर्न कडा निर्देशन सहित सुचना निकाल्न सक्ने गोदावरी नगरपालिकाले अब बचतकर्ताहरुको पनि व्याज सहित रकम यति समय भित्र फर्ता गराउनु पर्ने भनेर सहकारी सञ्चालकहरुका नाममा सुचना निकाल्ने हिम्मत गर्छ त ?’ भन्दै प्रश्न गरेका छन् । यस विषयमा नगरपालिकाका अधिकारीहरुलाई सम्पर्क गर्दा उनीहरु सम्पर्कमा आउन चाहेनन् ।