शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

कांग्रेसको नजरमा प्रतिपक्षः एमाले आक्रामक परिपक्व

कांग्रेसको नजरमा प्रतिपक्षः एमाले आक्रामक परिपक्व

काठमाडौं । सत्ता गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसले संसदको काम कारबाही सहज रुपमा अघि बढाउन प्रतिपक्षी दलहरुका कारण चुनौती रहेको निष्कर्ष निकालेको छ ।

मंगलबार सुरु भएको केन्द्रीय कार्य समिति बैठकमा संसदीय काम कारबाहीको रिपोर्ट पेश गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा प्रमुख सचेतक रमेश लेखकले प्रतिपक्षी दलहरुको चरित्र चित्रण समेत गरे ।

उनले एमालेलाई आक्रामक, अधैर्य तर परिपक्व प्रमुख प्रतिपक्षको संज्ञा दिए भने रास्वपा र राप्रपालगायतको नाम नलिई आक्रामक, अधैर्य र अपरिपक्व शक्तिको संज्ञा दिए ।

लेखकले बैठकमा भने– प्रतिपक्ष आक्रामक छ । राजनीतिक रुपले पनि एउटा गठबन्धन परिवर्तन भएर अर्को गठबन्धनमा गयौं, यसकारण पनि प्रमुख प्रतिपक्ष आक्रामक छ । यसकारण ऊ अधैर्य पनि छ तर परिपक्व छ । अरु प्रतिपक्ष आक्रामक र अधैर्य छन्, यदाकदा अपरिपक्व व्यवहार पनि देखाइरहेका छन् ।