शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

प्रतिपक्ष दलहरुले संसद हल्लाइरहेका छन्ः रामहरि खतिवडा

प्रतिपक्ष दलहरुले संसद हल्लाइरहेका छन्ः रामहरि खतिवडा

 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रतिपक्ष दलहरुले संसद हल्लाइरहेको टिप्पणी गरेका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा उनले संसदमा कांग्रेस कमजोर भएको बताए ।

उनले भने, ‘संसदमा सभापति कहिलेकाहींमात्रै जाने, उपसभापति दुवै मन्त्री भइहाल्नुभयो, उपस्थित नै कम हुने । महामन्त्रीहरु छिनछिनमा आउने, देखापर्ने तर, प्रतिपक्षले संसद कसरी हल्लाउँछ भन्ने देख्नुभएको छ ? कसरी संसद चलेको छ ? त्योबारे पनि छलफल गरेर जाने व्यवस्था गरे दह्रो भएर प्रस्तुत हुन सक्थ्यौं ।’

संघीय सांसदसमेत रहेका खतिवडाले एकले अर्कालाई गाली गरेर पार्टी नबन्ने बताए । उनले भने, ‘शेखर कोइरालाले संयम राजनीति गरेर पार्टीलाई दरो बनाउन पहल गर्नुभएको छ । गुटका कुराले मात्रै पार्टी दह्रो हुँदैन ।’