बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

सुन तस्करी प्रकरणः कोटेश्वरबाट थप १ जना पक्राउ

सुन तस्करी प्रकरणः कोटेश्वरबाट थप १ जना पक्राउ

 

काठमाडौं । सुन तस्करीमा संलग्नताको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। काठमाडौंको कोटेश्वरबाट राजश्व अनुसन्धान विभागको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा राजन श्रेष्ठ रहेका छन् । योसँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ। बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट करिब १ क्विन्टल सुन बरामद भएको थियो ।