बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार

७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार

काठमाडौं । दाङमा एक वृद्धामाथि बसभित्र सामूहिक बलात्कार भएको छ । गएराति बसपार्कमा पार्किङ गरिएको ना ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी एक ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विक रहेका छन् ।

वृद्धामाथि बलात्कार भइरहेको सूचना पाएपछि सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।