मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

ललिता निवास प्रकरणः थुनामा रहेकाका सचिव राउतलाई थुनामुक्त गर्न आदेश

ललिता निवास प्रकरणः थुनामा रहेकाका सचिव राउतलाई थुनामुक्त गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै अदालतले राउतलाई नेपाल बाहिर जान नमिल्ने गरी तारेखमा राखेर अनुसन्धान गर्न परमादेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले राउतलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नदेखिएको बताएको छ ।

अन्य ३ जना बन्दीको रिट अदालतले खारेज गरेको छ । हदम्याद नाघिसकेको घटनाको अनुसन्धानमा गैरकानूनीरुपमा पक्राउ गरिएको भन्दै राउतसहित सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङले गत १३ असारमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।