मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

सुन भित्र्याउने रेडी ट्रेडर्सको सोह्रखुट्टे गोदाममा छापा

सुन भित्र्याउने रेडी ट्रेडर्सको सोह्रखुट्टे गोदाममा छापा

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । बुधबार विभागको टोलीले काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मारेको हो ।

गोदामबाट ठूलो परिमाणमा ‘ब्रेक शु’ बरामद भएको छ । ती वस्तुमा सुन छ कि छैन भन्ने यकिन भइसकेको छैन । ‘२ साउन अघि विभिन्न मितिमा उक्त कम्पनीले आयात गरेको ठूलो परिमाणको ‘ब्रेक शु’ बरामद भएको छ,’ विभाग स्रोतले भन्यो ।