शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

प्रचण्डले एमालेको रकम खाए पिए तर, हिसाबकिताब बुझाएनन्ः ओली

प्रचण्डले एमालेको रकम खाए पिए तर, हिसाबकिताब बुझाएनन्ः ओली

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग नेकपा एमालेको एकता पानी र तेलको जस्तो बनेको बताएका छन् । नेकपा निर्माणपछि पनि प्रचण्डले आफ्नो पार्टी जीवितै राखेको उनको आरोप छ ।

जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘माओवादीसँग एकता भनिए पनि वास्तविक एकता भएन । तेल एकातिर पानी अर्कोतिर भयो । मिक्स अप नै हुन सकेन हुनै दिइएन । प्रचण्डले आफ्नो पार्टीका बैठकहरु गरिरहे । आफ्नो पार्टी जीवितै राखिरहे ।’

प्रचण्डले एमालेको खाएको तर हिसाबकिताब नबुझाएको ओलीको अर्को आरोप थियो ।

‘उनले पार्टीमा हिसाबकिताब बुझाएनन् । एमालेको रकम लिए । एमालेको रकममा चले । एमालेको रकम खाए, पिए सबै गरे । तर, एमालेमा एक पैसा दाखिल गरेनन् । हिसाब पनि दाखिला गरेनन्, कार्यालय पनि दाखिला गरेनन् । बैंकमा भएको डिपोजिट पनि दाखिल गरेनन् । सबै आफैंसँग राखे’, ओलीले भने ।