बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

ललितपुर ठेचोमा घर जग्गा कब्जा गरेर पटक–पटक बलात्कार, माली पक्राउ

ललितपुर ठेचोमा घर जग्गा कब्जा गरेर पटक–पटक बलात्कार, माली पक्राउ

काठमाडौं । ललितपुर प्रहरीले ऋणीकै घरजग्गा कब्जा गरेर पटक–पटक बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१२ ठेचोका सूर्जमान माली रहेका छन् । ५ लाख ऋण तिर्न नसक्दा घर जग्गा कब्जा गरेर उनले पटकपटक जबरजस्ती करणी गरेको आरोप छ । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले मालीलाई पक्राउ गरेको हो ।

यो घटनाका पीडितले शुक्रबार मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेकी थिइन् । लगत्तै ललितपुर प्रहरीको विशेष टोलीले मालीलाई पक्राउ गरेको हो ।उनलाई अदालत हाजिर गराएर थप अनुसन्धानका लागि म्याद लिने प्रहरीले जनाएको छ ।  मिटरब्याजको फन्दामा पारेर घरजग्गा हत्याएर उनी सहित उनका साथीहरुलाई पटक–पटक बलात्कार गर्न लगाएका थिए । पीडितले पीडा सहन नसकेर चोभारमा पुगेर आत्महत्याको प्रयास समेत गरेकी थिईन् । श्रीमान विरामी हुँदा लिएको ५ लाख रुपैया ऋण ८० लाख रुपैयाँ बनाएर मुद्धा हालेर लिलामी निकाल्न लगाएर आफैले पीडितकी घरजग्गा हत्याएका थिए । गाउँभरी हल्ला गरिदिने, ब्याज मिनाह गरिदिने, अदालतको मुद्धा फिर्ता लिईदिने भन्दै पीडितलाई सामूहिक बलात्कार गरिएको थियो ।