शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

संवैधानिक परिषद्को बैठक बोलाउने सहमति

संवैधानिक परिषद्को बैठक बोलाउने सहमति

काठमाडौं । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ।

शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठकले बैठक बोलाउने सहमति गरेको हो। बैठक मंगलबार बस्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिए।

साउन २० गते प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अवकाश पाउँदैछन्। त्यसको एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भए पनि अहिलेसम्म हुन सकेको छैन।

प्रधानन्यायाधीशको रोलक्रममा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ छन्। बैठकमा सदनलाई कसरी प्रभावकारी रुपमा सञ्चालन गर्ने भन्ने विषयमा पनि छलफल भएको आचार्यले बताए।