शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

आज माओवादी केन्द्रको पदाधिकारी बैठक

आज माओवादी केन्द्रको पदाधिकारी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठकमा पेश हुने राजनीतिक तथा सांगठनिक प्रतिवेदनलाई अन्तिम रूप दिनेछ ।

बैठकले केन्द्रीय समितिमा पेश हुने राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरे पछि ११ बजे देखी सुरु हुने भनिएको केन्द्रीय समितिमा प्रस्तुत हुनेछ ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् ।

केन्द्रीय समिति बैठक नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।