शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

सिंहदरबारमा सुरु भयो संवैधानिक परिषदको बैठक

सिंहदरबारमा सुरु भयो संवैधानिक परिषदको बैठक

 

काठमाडौं । संवैधानिक परिषदको बैठक सुरु भएको छ । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बोलाइएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको हो ।

यसअघि मंगलबारको बैठकले कुनै निर्णय गर्न सकेको थिएन । दलहरुले सहमित जुटाउन नसक्दा मंगलबारको बैठक स्थगित भएको थियो ।

यहि २० गते प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिँदै छ । त्यसपछि सर्वोच्च कामूको भरमा चल्ने देखिएको छ । यसअघि २०७८ फागुन १ देखि ०८० असार १ गतेसम्म कामुको नेतृत्वमा न्यायपालिका चलेको थियो ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेपछि पनि संसदीय सुनुवाइको प्रक्रियासहित नियुक्त हुन समय लाग्नेछ ।