बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

जग्गा दिन्छु भन्दै ३ करोड लिएर फरार भएका महर्जन समातिए

जग्गा दिन्छु भन्दै ३ करोड लिएर फरार भएका महर्जन समातिए

काठमाडौं । जग्गा दिन्छु भन्दै करिब ३ करोड रुपैयाँ लिएर फरार भएका व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२८ हरिसिद्धीका ३४ वर्षीय राम महर्जन छन् ।

उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो। उनले विभिन्न पाँच जना व्यक्तिबाट २ करोड ९४ लाख रुपैयाँ ठगी गरेको पाइएको छ। जग्गा दिन्छु भन्दै रकम लिने र खाली चेक दिएर ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

महर्जनले अन्य व्यक्तिलाई पनि ठगी गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ। महर्जनबाट पीडित अरु कोही भए परिसरमा उपस्थित हुन प्रहरीले आग्रह गरेको छ ।