शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

पार्टी नेतृत्वमाथिका आरोपको खण्डन गर्नुस्, सरकारको अभियानमा साथ दिनुस्ः प्रचण्ड

पार्टी नेतृत्वमाथिका आरोपको खण्डन गर्नुस्, सरकारको अभियानमा साथ दिनुस्ः प्रचण्ड

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब माओवादीको मुल नेतृत्वमा केन्द्रित भएर हुने आरोपहरुको खण्ड गर्दै अघि बढ्न आग्रह गरेका छन् ।

पार्टीको बुधबारदेखि जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सरकारले लिएको भ्रष्टाचारविरोधी अभियानलाई साथ दिएर अघि बढ्न पार्टी पंक्तिलाई आग्रह गरे ।

उनले भने, ‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानको फाइलको टुंगोमा नपुगेसम्म रोकिँदैन । हामीले सुशासनको कुरा उठाएपछि अहिले पार्टी नेतृत्वमाथि प्रहार हुन थालेको छ । अब पार्टी मूल नेतृत्वमा केन्द्रित भएका आरोपहरुको खण्डन गर्दै भ्रष्टाचारविरोधी सरकारले लिएको अभियानलाई साथ दिएर यो केन्द्रीय समिति अघि बढ्नेछ ।’

उनले आफू पार्टीभित्र अध्यक्ष र बाहिर गएपछि देशको प्रधानमन्त्री भएकाले त्यही अनुसार जिम्मेवारी सम्हाल्नुुपर्ने बताए । उनले बैठकमा भने, ‘प्रधानमन्त्रीले देशको नेतृत्व हुनुपर्छ, म पार्टी अध्यक्ष मात्र होइन, म त्यही अनुसार अघि बढ्नेछु ।’