शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

शीर्ष नेतृत्वको बैठक निष्कर्षविहीन

शीर्ष नेतृत्वको बैठक निष्कर्षविहीन

 

काठमाडौं । प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकसहित सभामुखको बैठक निष्कर्षविहीन टुंगिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठक आजै साढे ३ बजे बस्नेगरी उठेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले भने, ‘हाउस अवरुद्ध हुनुुहुन्न धेरै महत्वपूर्ण काम गर्नु छ सहमतिको साथ अघि बढ्नुपर्छ भन्ने कुरामा हामी एकैठाउँमा छौं । हाउस चलाउने प्रयत्न भइरहेको छ । छलफल सकारात्मकरूपमा अगाडि बढेको छ ।’

आज १ बजेका लागि बोलाइएको बैठक ४ बजेसम्मको लागि सूचना टासेर स्थगित गर्ने तयारी भएके पनि बताए । यस्तै, आज सदन चले संसदीय समितिको सभापति चयनको प्रक्रिया पनि अघि बढ्ने उनले बताए ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, दलका प्रमुख सचेतक र सचेतक पनि सहभागी थिए।