मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

एक क्विन्टल सुन तस्करी प्रकरणः एसपी थापाको नेतृत्वमा अनुसन्धान टोली गठन

एक क्विन्टल सुन तस्करी प्रकरणः एसपी थापाको नेतृत्वमा अनुसन्धान टोली गठन

 

काठमाडौं । करिब एक सय किलो सुन बरामद प्रकरणको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको कमान्डमा टोली खटाएको छ ।

गत ३ साउनमा त्रिभुवन विमानस्थल भन्सार पास गरेर बाहिरिँदै गरेको उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

उक्त सुन प्रकरणको अनुसन्धान गर्न विभागको टोलीले आइतबार प्रहरीलाई जिम्मा दिएको हो । प्रहरीले अनुसन्धान जिम्मा पाएलगत्तै प्रहरी प्रधान कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

सीआईबीले सुन प्रकरणको अनुसन्धान गर्न एसपी थापाको कमान्डमा छुट्टै एक टोली गठन गरेर काम सुरु गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए । सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन् ।