बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

सुन तस्करी प्रकरणः सन्दिग्ध २ चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

सुन तस्करी प्रकरणः सन्दिग्ध २ चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

 

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा सन्दिग्ध दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभाग तथा भन्सार विभागको निगरानीमा रहेका उनीहरुलाई आज बिहान त्रिभुवन विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा लिजिया लिन र लिउफुयान रहेको बताइएको छ । चीन जाने क्रममा अध्यागमनबाट उनीहरूलाई पक्राउ गरिएको विभागले जनाएको छ । उनीहरू तस्करीको कालोसूचीमा थिए ।

पछिल्लो समय यो प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीले पाएको छ ।