आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालतको आदेश

सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालतको आदेश

काठमाडौंं । मेडिकल कलेज सञ्चालक समेत रहेका सांसद डा सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मालाई आज जिल्ला अदालत काठमाडौंले थुनामुक्त गर्न आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा नराखिकन शर्माविरुद्ध अनुसन्धान गर्न समेत केन्द्रीय अनुसन्धान ब्युरोको नाममा आदेश दिएको छ ।

नक्कली प्रमाण पत्रका आधारमा डाक्टर बनेको आरोपमा शर्मासँगै पक्राउ परेका अरुलाई भने अदालतले ५ र ७ दिनको म्याद दिएको सीआईबीले जनाएको छ ।

बिहीबार सीआईबीले शर्मा सहित महोत्तरीका डा।रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा अमित चौधरी, रौतहटका डा रामबाबु यादव र डा एरिना शाहलाई पक्राउ गरेको थियो । यस्तै शुक्रबार इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र सुमेरु सिटी अस्पतालकी डा। पुनम थापा चौधरी पक्राउ परेका थिए ।