बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

नक्कली शैक्षिक प्रमाणपत्र छानबिनमा बैंकका कर्मचारी पनि पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र छानबिनमा बैंकका कर्मचारी पनि पक्राउ


काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका लागि भन्दै सिटिजन्स बैंकका केही कर्मचारी पक्राउ परेका छन् । सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत ६ जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यो प्रकरणमा अहिले पनि अपरेसन चलिरहेको प्रहरीले जनाएको छ ।