बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

सुन तस्करी प्रकरणः थप ४ चिनियाँ पक्राउ

सुन तस्करी प्रकरणः थप ४ चिनियाँ पक्राउ

काठमाडौं । ‘ब्रेक सु’भित्र राखेर भएको सुन तस्करी प्रकरणमा थप चार जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

‘उनीहरुलाई आज म्याद थप हुँदै छ’, उनले भने । सुन तस्करी र संगठित अपराध कसुरमा यसअघि १७ जना पक्राउ परिसकेका छन् । राजस्व अनुसन्धान विभागले सुरुमा अनुसन्धान गरेको यो प्रकरणमा पछि सीआईबीलाई जिम्मा दिइएको थियो ।