मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

माधव नेपालसँग पनि सीआईबीले लियो बयान

माधव नेपालसँग पनि सीआईबीले लियो बयान

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग पनि बयान लिएको छ ।

सीआईबीका एसएसपी दिनेश आचार्यले एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री नेपालसँग पनि गएराति बयान लिएको पुष्टि गरे ।

गएराति नै सीआईबीले अर्का पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग पनि बयान लिएको थियो । डा भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार बयान लिन सीआईबीको टोली भट्टराई निवास टोखा पुगेको थियो ।