मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

नक्कली भुटानी शरणार्थी प्रकरणः अनुसन्धानमा खटिएका २ एसएसपीको सरुवा

नक्कली भुटानी शरणार्थी प्रकरणः अनुसन्धानमा खटिएका २ एसएसपीको सरुवा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी वरिष्ठ अधिकृत (एसएसपी)हरूको सरुवा भएको छ । गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख डा मनोज केसी र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो ।

मनोज केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका एसएसपी सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ भने दानबहादुर कार्कीको ठाउँमा एसएसपी भुपेन्द्र खत्रीलाई पठाइएको छ । दानबहादुर कार्कीलाई काठमाडौंबाट प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ भने मनोज केसीलाई त्यहाँबाट महिला बालबालिका निर्देशनालयमा सरुवा गरिएको छ । निर्देशनालयका सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा सरुवा गरिएको छ ।

शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका उनीहरुलाई हटाउन सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाब दिँदै आएका थिए ।