शीतल निवासमा सर्वदलीय बैठक
काठमाडौं । शीतल निवासमा सर्वदलीय बैठक बस्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग संसद् गतिरोधको विषयलाई लिएर सर्वदलीय बैठक बोलाएका हुन ।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मङ्गलवार बिहान साढे ८ बजे शीतल निवासमा बोलाइएको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहने छ । तर, उनले समसामयिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएको जानकारी दिए ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरोध गरे पछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् । सो विषयलाई लिएर राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीसँग तथा गत आइतबार बेलुका मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरी जारी संसद् अवरोधको विषयमा गम्भीर चासो व्यक्त गरेका थिए ।
दुवै नेतासँग अलग अलग भेटवार्ता गरे पछि राष्ट्रपति पौडेलले आजका लागि सर्वदलीय बैठक बोलाएका हुन ।
प्रतिक्रिया