मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

सुन तस्करीको छानबिन जाँचबुझ आयोगले गर्ने

सुन तस्करीको छानबिन जाँचबुझ आयोगले गर्ने

काठमाडौं । संसदमा रहेका प्रमुख दलहरुबीच अहिलेसम्म भएका सुन तस्करीबारे भएका छानबिनको अध्ययन र तस्करी नियन्त्रणका लागि कानुनी र संरचनागत सुधारबारे सिफारिस गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।

२ साउनमा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलो भन्दा बढी सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सकेपछि आयोग बन्नेछ । बुधबार सिंहदरबारमा दलहरुबीच भएको सहमतिमा अर्को महिना असोज ५ गते सरकारले आयोग बनाउने र त्यही दिनदेखि आयोगले काम प्रारम्भ गर्ने उल्लेख छ ।