मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

सुन तस्करी प्रकरणः कृष्णबहादुर महराका छोरा सीआईबीको नियन्त्रणमा

सुन तस्करी प्रकरणः कृष्णबहादुर महराका छोरा सीआईबीको नियन्त्रणमा

काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा सीआईबीसमक्ष हाजिर भएका छन् । इलेक्ट्रिक चुरोट ९भेप० मा सुन तस्करी प्रकरणमा मुछिएका उनले केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीसमक्ष उपस्थित भएको बताएका छन् ।

‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स शैलीमा मिडिया ट्रायल गरी हामीमाथि पहिलो छ्याप्ने कोसिस भएकाले स्वयम् सीआईबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दैछु । नबिराउनु, नडराउनु’, राहुलले फेसबुकमा लेखेका छन् ।

प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले राहुल सीआईबी नियन्त्रणमा रहेको पुष्टि गरे । भन्सारको सामानमा राखेर भएको सुन तस्करीमा महरा बाबुछोराको नाम जोडिएको थियो । सीआईबीले हालसम्म सुन प्रकरणमा २५ जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ ।