शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

विप्लव नेकपाले घोषणा गर्‍यो एमसीसीविरुद्ध आन्दोलन

विप्लव नेकपाले घोषणा गर्‍यो एमसीसीविरुद्ध आन्दोलन

 

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकले १९ गतेबाट २३ गतेका लागि आन्दोलनको घोषणा गरेको नेता अनिल शर्माले बताए ।

उनको अनुसार नुवाकोट, तनहुँ, धाधिड, काठमाडौं, मकवानपुर, नवलपरासी रुपन्देही, जिल्लामा अन्तरक्रिया कार्यक्रम राखेको छ ।

यस्तै, असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान सुरू हुने बताए । लप्सेफेदीबाट सुरु हुने अभियान पाल्पामा गएर टुंगिने बताए ।

उनले चारदलीय समाजवादी मोर्चाको विषयमा सामान्य छलफल भएको बताए ।

‘पहिलो चरणको कार्यक्रममा अहिले सहभागी छौं । यो सकिएपछि आवश्यकअनुसार निर्णय हुन्छ’, उनले भने ।