मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

भारतले नेपालबाट १० हजार मेगावाट विद्युत किन्ने निश्चित

भारतले नेपालबाट १० हजार मेगावाट विद्युत किन्ने निश्चित

काठमाडौं । भारतले नेपालबाट १० हजार मेगावाट विद्युत किन्ने भएको छ । नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव भारतको मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले १० हजार मेगावाट विद्युत किन्ने सहमति भएको थियो । नेपालमा हाल १० आयोजनाको ४५० मेगावाटभन्दा धेरै विद्युत प्राधिकरणले विक्री गर्न सकेको छैन ।

भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आज बिहान सामाजिक सञ्जालमा भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत खरिद गर्ने निर्णय गरेको लेखेका छन्। यसबाट नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने राजदूत शर्माको विश्वास छ ।

नेपालले अहिले बर्खामा भारतलाई विद्युत विक्री गरिरहेको छ भने हिउँदमा भरतसँग विद्युत किनिरहेको छ । नेपालमा हाल अरुण, पश्चिम सेती र बुढिगण्डकी लगायतक ठूला विद्युत आयोजनाहरु निर्माणदेखि डिपीआरको चरणमा रहेका छन् ।