आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

गौशाला २६ को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउन आदेश

गौशाला २६ को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउन आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारसम्बन्धी मुद्दामा पीडित किशोरी गौशाला २६ को जन्म दर्तासम्बन्धी थप कागजात झिकाउन आदेश दिएको छ । आज न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात भए झिकाउन आदेश दिएको हो ।

क्रिकेटर सन्दीपले आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै गत २१ भदौमा एक किशोरीले गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिएन । सोही प्रकरणमा सन्दीपलाई प्रहरीले पक्राउ गरेको थियो । उक्त मुद्दाको सुनुवाइका क्रममा जिल्ला अदालत काठमाडौंले १८ कात्तिकमा सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर, उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीसहित ससर्त रिहा गर्न आदेश दिएको थियो ।