शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संघीय निजामती सेवा ऐन संसदमा पेश गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक २०८० संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो ।

बैठकले विधेयक पेश गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले निजामती सेवा दिवसका अवसरमा निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय समेत गरेको बताइएको छ ।

सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने, स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिइन् ।