शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

दाइले टिकट दिने परिपाटी आगामी महाधिवेशनबाट बदल्नुपर्छः गगन थापा

दाइले टिकट दिने परिपाटी आगामी महाधिवेशनबाट बदल्नुपर्छः गगन थापा

 

काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले दाइले टिकट दिने परिपाटी आगामी महाधिवेशनबाट बदल्नुपर्ने टिप्पणी गरेका छन्।

सिन्धुपाल्चोकको बाह्रबिसेमा पार्टीले आयोजना गरेको तीज विशेष कार्यक्रममा महामन्त्री थापाले वडाको सभापति छान्ने अधिकार पार्टीले दिएपनि त्यही वडाको अध्यक्षको उम्मेदवार छान्ने अधिकार भने नदिएको स्पष्ट पारे।

‘अन्तिममा गएर टिकट बाँड्ने अधिकार दाइलाई दिनुभयो भने दाइले भाउजुलाई नै टिकट दिन्छ,’ उनले भने।

त्यसो भए दिने अवस्था कसरी बनाउने ?महामन्त्री थापाका अनुसार एउटा अमुक दाइको मात्रै विषय नभई यो परिपाटी नै कसरी बदल्ने भन्ने विषय प्रधान हो।

‘तरिका छ। १५ ‌औं महाधिवेशनबाट बदलौं। यो विषयमा हामी पैरवी गरिरहेका छौं,’ उनले भने, ‘सिन्धुपाल्चोकको क्षेत्र १ को सांसद को बन्ने भन्ने विषय माथि बस्ने कुनै अमूक दाइले होइन यही सिन्धुपाल्चोकको पार्टीको सदस्यहरूको मतदान हुन्छ त्यो मतदानबाट सबैभन्दा बढी मत पाउने व्यक्ति उम्मेदवार बन्छ।’

प्रत्यक्षदेखि समानुपातिक उम्मेदवार त्यसरी नै छानिने हो भने कांग्रेसका कुनैपनि नेताले दादागिरी देखाउन नसक्ने उनले बताए।