शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

माओवादीहरु गायत्री मन्त्र जप्दैनन्, ओम्नी ओम्नी र यती यतीमात्रै भन्छन्ः ओली

माओवादीहरु गायत्री मन्त्र जप्दैनन्, ओम्नी ओम्नी र यती यतीमात्रै भन्छन्ः ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले राष्ट्रिय उद्योगपतिलाई छानीछानी लखेटेको आरोप लगाएका छन् ।

एमाले निकट सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘त्यो मीनबहादुर गुरुङलाई किन समात्या ? किन कारबाही गर्‍या ? पाँचछ जनाले किनेको जमिन, उसले त धनीपुर्जा हेर्‍यो, भएका मान्छेसँग किन्यो त ? अनि सरकारी जमिनलाई आफ्नो बनाउन लाग्ने, लगाउने भ्रष्टाचार गर्ने त तिनीहरु हुन् नि १, ती ठूला कुरा गर्ने तर, सरकार अड्डामा गएर जग्गा किनेका मान्छेलाई कारबाही गर्ने ? मीनबहादुर गुरुङ सबै तिनीहरु बाँडेर खाउँ भनेर छाडेर हिँड्यो ? होइन त्यो कतातिर भारी बोकेर हिँड्ने गुरुङ, यत्रो भाटभटेनी चलाएर पुँजीपति हुने भनेर देखी सकेनन् ।’

यती होल्डिङ्सलाई खेद्नेहरु दलाल पूँजीवादीहरु भएको उनले टिप्पणी गरे ।

उनले भने, ‘सोलुको एउटा बच्चा भारी बोकेर हिँड्थ्यो त्यस्तो शेर्पाले यहाँ आएर हवाईजहाज पनि उडाको छ । पर्यटन, होटल पनि चलाएको छ । गर्न पाइन्छ भारी बोकेर हिँड्ने शेर्पाले ? अहिले माओवादीहरु गायत्री मन्त्र जप्दैनन्, ओम्नी ओम्नी, यती यती, भाटभटेनी भाटभटेनी, मीनबहादुर मीनबहादुर, गुरुङको छोरो भारी बोकेर आएको कसरी गरिखायो ? खान दिनु हुँदैनमात्रै भन्छन् ।’