शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

नेम्वाङलाई श्रद्धान्जली दिन च्यासल पुगे शीर्ष नेता

नेम्वाङलाई श्रद्धान्जली दिन च्यासल पुगे शीर्ष नेता


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्ज्ली अर्पण गरेका छन्।

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएपछि ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जजली अर्पण गरेका हुन्।

त्यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी च्यासल पुगेर नेपालको झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरिन्।  प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, मन्त्रीहरु, बिभिन्न दलहरु नेता कार्यकर्ताहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।