आइतबार २३ भदौ, २०८१ | Sunday, September 08, 2024

सीआईबीको अनुसन्धानपछि उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढिसक्योः प्रधामन्त्री प्रचण्ड

सीआईबीको अनुसन्धानपछि उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढिसक्योः प्रधामन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अघि बढिसकेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘सुन प्रकरणमा सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन बुझाइसकेको छ । यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अगाडि बढेको छ ।’

यस्तै कांग्रेस नेता महेन्द्र यादवमाथि भएको आक्रमणलाई गम्भीर रुपमा लिएर आक्रमणकारीलाई कारबाही प्रक्रिया अघि बढेको प्रधानमन्त्री प्रचण्डले बताए ।

यस्ता घटना दोहोरिन नदिन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।