मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

आमा छोरीको शव जलेको अवस्थामा भेटियो

आमा छोरीको शव जलेको अवस्थामा भेटियो

सुर्खेत । सल्यानमा आमा छोरीको शव भेटिएको छ । त्रिवेणी गाउँपालिका–२ काँरागिठीमा आमा छोरीको शव जलेको अवस्थामा भेटिएको हो ।

एक तल कच्ची घरमा बस्दै आएका २८ वर्षीय रेवती थापा र उनकी छोरी रितुको शव जलेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए ।

उनमा अनुसार स्थानीयले ग्यास चुहावट हुँदा आगो लागेको हुनसक्ने अनुमान गरेपनि जलेकै अवस्थामा भेटिएपछि थप अनुसन्धान भइरहेको बताए ।

‘एक तले कच्ची घरमा आमा छोरी एक्लै बस्दै आएको र घटना के कति कारणले भयो भन्ने बारेमा थप अनुसन्धान जारी छ’ कार्कीले भने ।