शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

शेखर पक्षको भेला आज

शेखर पक्षको भेला आज

 

काठमाडौं । पार्टीको केन्द्रीय समिति बैठकअघि नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संस्थापन इतर पक्षको छुट्टै भेला बोलाएका छन् ।

आज साढे १ बजे बस्ने भेलामा नेता कोइरालाले आफू पक्षबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बोलाएका छन् ।

बैठक बालुवाटारस्थित सम्पर्क कार्यालयमा बस्नेछ ।

शेखरले इतर पक्षको भेलामा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाएका छन् ।

कांग्रेसको बैठक असोज ४ मा बस्दैछ । साउन पहिलो साता बसेको केन्द्रीय समितिको बैठकअघि शेखरले गुटको भेला बोलाएका थिएनन् ।