शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

स्कुल बन्द गरेर काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन

स्कुल बन्द गरेर काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन

 

काठमाडौं 
सरकारले सदनमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै नेपाल शिक्षक महासङ्घको अगुवाइमा शिक्षकहरु आन्दोलित भएका छन्। 

७७ वटै जिल्लाबाट आन्दोलनका काठमाडौं आएका शिक्षकहरू माइतीघरमा भेला भई आन्दोलित भएका हुन्।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ। सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग महासङ्घले अघि सारेको छ।


सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासङ्घले चेतावनी दिएको छ।

शिक्षकहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामन्त्री राजीनामा दे’, ‘कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका छन्।

शिक्षकहरु आन्दोलनमा उत्रिएपछि शिक्षा तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा गठित वार्ता टोलीले मंगलबार छलफलका लागि बोलाएको थियो।  

तर, महासंघले भने आफूहरुको सवाल शिक्षा मन्त्रालयसँग मात्रै नभएको भन्दै वार्तामा बस्न अस्विकार गरेको थियो।