शनिबार १२ साउन, २०८१ | Saturday, July 27, 2024

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

काठमाडौं । शिक्षा विधेयकको विरोधमा आन्दोलनमा होमिएका शिक्षक र सरकारबीच सहमति भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रबार भएको वार्तामा ७ बुँदे सहमति भएको हो ।

सहमतिसँगै आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिने निर्णय भएको छ । सरकारले ७ बुँदै सहमतिको मस्यौदा पेश गरेर शिक्षकहरुसँग वार्ता गरेको थियो ।

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति विरोध जनाउँदै देशभरका शिक्षक बुधबारदेखि काठमाडौं आएर प्रदर्शनमा उत्रिएका थिए ।