शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक

 

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शिक्षा विधेयकलगायत समसामियक विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

असोज ८ र ९ गते बस्नेगरी बैठक बोलाइएको प्रमुख सचेतक रमेश लेखकले बताए । बैठक बानेश्वरस्थित संसद भवनको हलमा बस्नेछ ।

संसदमा दर्ता भएको शिक्षा विधेयक फिर्ता लिनुपर्ने भन्दै देशभरका शिक्षकहरु आन्दोलनरत छन् ।