शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

काठमाडौं । चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा नेपालीलाई रेलवे सम्बन्धी तालिम दिन चीन तयार भएको हो ।

मंगलबार बिहान सार्वजनिक संयुक्त वक्तव्यमा सो कुरा उल्लेख छ । तर यस सम्बन्धमा विस्तृतमा खुलाइएको छैन ।

केरुङ–काठमाडौं रेलवेको सम्भाव्यता अध्ययनको प्रगतिमा दुवै पक्ष सन्तुष्ट रहेको र नेपाल–चीन रेलवे सहयोग सम्बन्धी आठौं बैठक जतिसक्दो चाँडो आयोजना गर्ने योजना बनाइएको पनि संयुक्त वक्तव्यमा उल्लेख छ ।

यसैगरी चिनियाँ पक्षले लिजी–नेचुङ बन्दरगाहमा नेपाली पक्षको सुविधाका लागि आवश्यक सुधार गर्ने सहमति पनि भएको छ । नेपाल(चीन सीमा व्यापारका परम्परागत नाकाहरु पुनः चाँडै खोल्न चीन सहमत भएको छ । चेन्ताङ(किमाथाङ्का र रिबु–ओलाङचुङगोला बन्दरगाहलाई खुलाउन सम्वाद जारी राख्न दुवै पक्ष सहमत भएका छन् ।

नेपालको आवश्यकतालाई मध्यनजर गर्दै अरनिको राजमार्गको मर्मतसम्भार आयोजनाको चौथो चरणको काम गर्न र स्याफ्रुबेसीरसुवागढी राजमार्ग मर्मतको काम चाँडै गर्न पनि चीन सहमत भएको संयुक्त वक्तव्यमा उल्लेख छ ।