शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

शम्भुनाथका मेयर जितेन्द्र गुप्तासहित २ जना भ्रष्टाचारी ठहर

शम्भुनाथका मेयर जितेन्द्र गुप्तासहित २ जना भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्ता सहित २ जनालाई भ्रष्टाचारी ठहर गरेको छ ।

विशेष अदालतका सदस्यहरु यमुना भट्टराई, बलभद्र बास्तोला र डा खुशीप्रसाद थारुको इजलासले गुप्ता सहित इञ्जिनियर रामचन्द्र साहलाई पनि भ्रष्टाचारी ठहर गरेको हो ।

उनीहरुमाथि एक लाख ४० हजार रुपैयाँ घुस लिएको आरोप थियो । दुवैजनाबाट एक लाख ४० हजार रुपैयाँ विगो र त्यति नै जरिवाना हुने फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । दुवैलाई ६–६ महिना कैद गर्ने फैसला भएको छ ।

साहलाई अख्तियारको टोलीले गत फागुनमा रंगेहात पक्राउ गरेको थियो । पछि मेयर गुप्ताले पनि घुस मागेको भेटिएपछि अख्तियारले गुप्तालाई पनि मुद्दा चलाएको हो ।