शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

सुनसरी मालपोतका नासु र खरिदार डेढ लाख घुससहित पक्राउ

सुनसरी मालपोतका नासु र खरिदार डेढ लाख घुससहित पक्राउ

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी घुससहित पक्राउ परेका छन् ।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई १ लाख ५० हजार रुपैयाँ घुस लिएकै बेला रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग उनीहरुले घुस मागिरहेको भन्ने सूचना पाएपछि गएको टोलीले इनरुवा नगरपालिका वडा नं। ३ मालपोत चोकबाट उनीहरुलाई प्रक्राउ गरेको हो ।

उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।