शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

सरकार प्रमुख खोज्नुपर्ने अवस्था आयोः ओली

सरकार प्रमुख खोज्नुपर्ने अवस्था आयोः ओली

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार हराएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार प्रमुख खोज्नुपर्ने अवस्था रहेको टिप्पणी गरे ।

‘सरकार विकास निर्माण र जनसेवामा देखिनुपर्छ । विकास मात्र होइन, अतयाधुनिक विकास, ज्ञान र प्रवृधिमा राष्ट्रहरु प्रतिस्पर्धामा छन् । तर अवसोच यहाँ (नेपाल) सरकार हराएको छ । राष्ट्र, जनता र संसद छलिरहेको छ’ ओलीले भने, ‘सरकार प्रमुख खोज्नुपर्ने अवस्था आएको छ ।’