मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

११ किलो सुन तस्करी प्रकरणमा थप १ जना चिनियाँ नागरिक पक्राउ

११ किलो सुन तस्करी प्रकरणमा थप १ जना चिनियाँ नागरिक पक्राउ

 

काठमाडौं । ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१५ किमडोल बस्ने चिनियाँ नागरिक तासी दावा भन्ने ६६ वर्षका आगर लामा दोलखाबाट बरामद भएको उक्त सुन प्रकरणमा पक्राउ परेका हुन् ।

चिनियाँ भूमिबाट नेपालमा सुन ल्याउन उनले भूमिका खेलेको पाइएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । यो प्रकरणमा यसअघि १० जना पक्राउ परिसकेका छन् ।