शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

प्रधानमन्त्री र नेपालका लागि कतारका राजदूत अन्सारीबीच भेटवार्ता

प्रधानमन्त्री र नेपालका लागि कतारका राजदूत अन्सारीबीच भेटवार्ता

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर राजदूत अन्सारीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।