शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

नेपालगन्जमा फेरि कर्फ्यु जारी

नेपालगन्जमा फेरि कर्फ्यु जारी

 

काठमाडौं । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर पुनः विवाद उत्पन्न भएपछि नेपालगन्जमा फेरि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो ।

सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण आज बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको सीडीओ कार्यालयले बताएको छ ।

यसअघि बिहीबार बिहान ८ बजेबाट राति ८ बजेसम्म १२ घण्टाका लागि कर्फ्यु हटाएको थियो ।