शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

भूकम्पपीडितलाई तत्काल ५० हजार दिने

भूकम्पपीडितलाई तत्काल ५० हजार दिने

काठमाडौं । बझाङका भूकम्पपीडितालाई प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले तत्काल ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् । शुक्रबार भूकम्प प्रभावित क्षेत्रको अवलोकन पछि चैनपुरमा सो घोषणा गरेका हुन् ।

पीडित परिवारलाई तत्काल राहतका लागि १५ हजार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै उनले घाइतेको निःशुल्क उपचार गर्ने, मृतकका परिवारलाई तत्काल २ लाख दिने घोषणा गरेका छन् ।

तीनै तहको सरकारको समन्वयमा क्षति मुल्याङकन गरी कार्यविधि बनाए पुनर्निण गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारी भवनमा भएको क्षति मुल्याङकन गरी पुननिर्माण गर्ने बताएका छन् ।