शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

इजरायलमा फसेका नेपालीबारे निर्णय लिन परराष्ट्र मन्त्रालयमा बैठक जारी

इजरायलमा फसेका नेपालीबारे निर्णय लिन परराष्ट्र मन्त्रालयमा बैठक जारी

 

काठमाडौं। द्वन्द्वग्रस्त इजरायलमा समस्यामा परेका नेपालीहरुबारे निर्णय लिन परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको समन्वय संयन्त्रको बैठक बसिरहेको छ ।

इजरायलको वस्तुस्थितिको समग्र मूल्यांकन गरी नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उद्धारसमेत गर्ने निर्णय लिने मन्त्री साउदको सचिवालयले जनाएको छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवहरुसहितको बैठकले मन्त्री साउदको नेतृत्वमा समन्वय संयन्त्र गठन गरेको थियो ।

उक्त बैठकले इजरायलमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन र समस्यामा परेकाहरुलाई उद्धार गर्न पहल सुरु गर्ने निर्णय गरेको थियो । घर फर्किन इच्छुकहरुलाई नेपाल फर्काउने प्रक्रियाका लागि अनलाइन रजिष्ट्रेसन सुरु गर्ने मन्त्रालयले तयारी गरेको छ ।

मन्त्रालयले इजरायलको तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरण सार्वजनिक गर्दै उनीहरुसँग सम्पर्कमा रहन र सजगता अपनाउन इजरायलमा रहेका नेपालीहरुलाई अनुरोध गरेको छ ।