शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

इजरायलको विषयमा प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् र सर्वदलीय बैठक

इजरायलको विषयमा प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् र सर्वदलीय बैठक

इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय लिन आज दिउँसो मन्त्रिपरिषद् र सर्वदलीय बैठक बस्दै छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिउँसो चार बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। 

मन्त्रिपरिद् बैठक लगत्तै सोमबार साँझ पाँच बजे प्रधानमन्त्रीले सर्वदलीय बैठक पनि बोलाएका प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए।

बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तिका लागि सरकारले चाल्नुपर्ने कुटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुने बताइएको छ।

सर्वदलीय बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुनेछ।